समाज

डुबेर बालकको मृत्यु

पाँचथर– फिदिम नगरपालिका–६ शिवामा एक बालकको डुबेर मृत्यु भएको छ। स्थानीय याङदिन खोल्सामा नुहाउने क्रममा डुबेर १३ बर्षीय गोरे तुम्रोकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दहमा डुबेको अवस्था सडकमा काम गर्नेले देखेपछि निकाल्ने प्रयास गरे पनि तुम्रोकको मृत्यु भइसकेको पाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २७ जेष्ठ २०७६ १५:३३ सोमबार

बालक डुबेर मृत्यु