समाज

१९ वर्षपछि हत्यारा पक्राउ

भक्तपुर– भक्तपुर कटुन्जेकी विजेश्वरी प्रजापतीको हत्यामा संलग्न भएका व्यक्ति १९ वर्ष पछि पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले हत्यामा संलग्न देवीरमण  अधिकारीलाई १९ वर्षपछि पक्राउ गरेको हो। पक्राउ परेका अधिकारीले २०५७ असार ८ गते आफुले काम गरेको घरकै घरवेटी ३३ वर्षीया विजेश्वरीको प्रजापतिको हत्या गरेका थिए। हत्यारा भनिएका अधिकारी त्यसबेला प्रजापतीको घरमा घरेलु कामदारको रुपमा काम गर्थे। हत्या गर्नु अघि अधिकारी र बिजेस्वरी प्रजापति बीच काम बापतको तलबका विषयमा वादविवाद भएको थियो।

आफुले काम गरेको पैसा दिन आनाकानी गरेको रिसमा प्रजापतीको हत्या गरेर अधिकारी फरार भएका थिए। हत्या पछि नेपाल र भारतमा लुकिछिपि बस्दै आएका अधिकारीलाई प्रहरीले नेपाल भारतको सीमा नजिक बेलहिया नाकाबाट पक्राउ गरेको प्रहरीले बताएको छ। पक्राउ परेका अधिकारीलाई लाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई जिम्मा लगाइएको छ।

प्रकाशित: २७ जेष्ठ २०७६ १२:०१ सोमबार

हत्या पक्राउ