समाज

करेन्ट लागेर महिलाको मृत्यु

रुकुम– घाँस काट्न जंगल जाँदै गरेकी एक महिलाको सल्यानमा करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको बागचौर नगरपालिका २ की ३६ वर्षिया भुमी ओलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। स्थानीय सेराचौरमा घाँस काट्न जंगल जाँदै गरेकी उनीलाई भुइँमा झरेको तारबाट करेन्ट लागेको बताइएको छ।

हिड्दै गर्दा बिजुलीको तारमा अड्कीएपछि उनलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट जानकारी आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। भुमीको करेन्ट लागेर मृत्यु भएपछि केही समय यहाँ तनावग्रस्त भएको थियो। 

आफन्तहरुले विद्युत प्राविधिकरणको लापरबाहीका कारण तार भुइँमा झरेका कारण करेन्ट लागेको भन्दै शव बुझ्न मानेका थिएनन्। तर पछि प्राधिकरणले क्षतिपुर्ति वापत मृतकका परिवारलाई पाँच लाख रुपैयाँ दिन सहमति भएपछि आफन्तले शव बुझेको डिएसपी शाहीले बताए। 

प्रकाशित: २७ जेष्ठ २०७६ १०:३७ सोमबार

करेन्ट महिला मृत्यु सल्यान