समाज

टिपर दुर्घटनामा चालकको मृत्यु

उदयपुर- उदयपुरको कटारीमा गए राति टिपर दुर्टटनामा परी चालकको मृत्यु भएको छ। आईतबार राति ९:३० बजे मिर्चया–कटारी–घुर्मी सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका ११ स्थित घुर्मीबाट कटारी आउँदै गरेको टिपर दुर्घटना हुँदा चालक सुजन भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरीका अनुसार बा ३ ख ४१३० नं. को उक्त टिपर अनियन्त्रित भई सडकबाट अन्दाजी १ किलोमिटर तल खसेर दुर्घटना हुँदा सोलुखुम्बु नेचा स्थायी घर भएका अन्दाजी २२ वर्षीय चालक भण्डारीको मृत्यु भएको हो। टिपर दुर्घटनाको खवर पाएलगत्तै अस्थायी प्रहरी पोष्ट बेतीनी कटारीदेखि खटिएको प्रहरी सहायक निरीक्षक (असई) नेतृत्वको टोलीले घट्नास्थलमा खोजतलास गर्दा भण्डारी मृत अबस्थामा फेला परेका थिए।

घटनास्थलको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीको कमाण्डमा ट्राफिक प्रहरीसहित ९ जनाको टोली सोमबार विहान खटाइएको छ। मृतकको लास घनास्थलबाट ल्याएर सोमबार विहान कटारी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ जेष्ठ २०७६ ०८:२६ सोमबार

दुर्घटना टिपर चालक