समाज

रंगशालाको बारमा डोजर चलाउने प्रकाश कँडेलसहित ४ जना रिहा

चितवन - धुर्मुस सुन्तलीले चितवमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपी प्रकाश कँडेलसहित ४ जना रिहा भएका छन्। डोजर प्रकरणका मुख्य आरोपी मानिएका कँडेलसहित, भैरव बास्ताकोटी, सुरेन्द्र बिक र धुव्र चापागाईंलाई जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार रिहा गरेको हो।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रदेशसभा सदस्य विजय सुवेदी, चितवनका प्रहरी प्रमुख दानबहादुर मल्ल लगायतको उपस्थितिमा हाजिरी जमानीमा उनीहरुलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटना घटाउने पक्षले क्षमायाचना गर्ने र भत्काएको बार पुनः निर्माण गर्ने विषयमा सहमति भएपछि उनीहरुलाई रिहा गरिएको हो।

जेठ १५ गते नेकपाका स्थानीय नेता प्रकाश कँडेलको नेतृत्वमा गएको टोलीले रंगाशालाको पश्चिमतर्फको बारमा डोजर लगाएर भत्काइदिएको थियो।

प्रकाशित: २७ जेष्ठ २०७६ ०१:१५ सोमबार

धुर्मुस_सुन्तली क्रिकेट_रंगशाला डोजर प्रकाश_कँडेल