समाज

सुनकोसीले बगाउँदा बालकको मृत्यु

खोटाङ– सुनकोसीले नदीले बगाउँदा खोटाङमा बालकको मृत्यु भएको छ।

सुनकोसीले बगाउँदा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका १२ वर्षीय विजय राईको मृत्यु भएको प्रहरीले जनाएको छ। उदयपुरको रुपटार गाउँपालिका–५ खुमलटारस्थित आफन्तको घरबाट फर्कनेक्रममा बालकलाई नदीले बगाएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए।

उनलाई नदी तर्नेक्रममा बगाएको हो। घटनास्थलभन्दा केही तल बालकको शव फेला परेको थियो।

प्रकाशित: २५ जेष्ठ २०७६ १२:४६ शनिबार

सुनकोसीले_नदी मृत्यु