समाज

चन्द समर्थक शिक्षकद्वारा पार्टी परित्याग

खोटाङ – नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट एक शिक्षकले पार्टी परित्याग गरेका छन्। चन्दनिकट शिक्षक संगठनमा आबद्ध शिक्षक शेखरनाथ पोखरेलले शुक्रबार विज्ञप्ति प्रकाशन गरी पार्टी परित्यागको घोषणा गरेको खोटाङका डिएसपी राजकुमार केसीले बताए। शिक्षक पोखरेलले जिल्ला प्रशासन कार्यालयमा प्रजिअ र सुरक्षा निकायका प्रमुखका अगाडि पार्टी परित्याग गर्दै साधारण जीवनयापनको घोषणा गरेका हुन्। सरकारले प्रतिबन्ध लगाएको तथा आफ्नो पार्टीले विध्वंसात्मक गतिविधिमा लागेर सर्वसाधारणको ज्यान लिनेसम्मको गतिविधि गरेकाले त्यस्ता अमानवीय र आपराधिक क्रियाकलापमा असहमति जनाउँदै स्वतन्त्र नागरिकका रूपमा पेसामा मर्यादित बनेर जीवनयापन गर्ने विज्ञाप्तिमा उल्लेख छ। पोखरेलले आफू शिक्षक संगठनको साधारण सदस्य रहँदै आएको जनाएका छन्। यसअघि चन्द नेतृत्वको नेकपाका साधारण सदस्य रावाबेंसी गाउँपालिका–४ डुम्रे धारापानीका तुलबहादुर मगर र ऋषिराम विकले पनि चैत २७ गते पार्टी परित्याग गरेका थिए।

प्रकाशित: २५ जेष्ठ २०७६ ०२:०३ शनिबार

पार्टी_परित्याग नेत्रविक्रम_चन्द प्रतिबन्धित