समाज

सर्वोच्चको आदेशमा ज्ञानेन्द्र शाही रिहा

काठमाडौं– आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै आएका ज्ञानेन्द्र शाहीलाई छोड्न सर्वोच्च अदालत आदेश दिएको छ।

न्यायाधीशहरू आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलासले शाहीलाई कानुन विपरीत थुनामा राखेको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो। सर्वोच्चमा अधिवक्ता महेश डंगोलले हालेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले शाहीलाई छाड्न आदेश दिएको हो।

जुम्लाका ज्ञानेन्द्र शाहीलाई जेठ १५ गते प्रहरीले पक्राउ गरेको थियो।  शाहीलाई पक्राउ पूर्जीविनै पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै विरोध भइरहँदा कर्णाली प्रदेश प्रहरीले भने शाहीलाई पक्राउ लगत्तै हिरासत कक्षमा नराखेर काठमाडौं पठाइएको बताएको थियो।

प्रकाशित: २४ जेष्ठ २०७६ १२:२६ शुक्रबार

ज्ञानेन्द्र_शाही सर्वोच्च_अदालत आदेश