काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले घरेलु तथा साना उद्योगको विकासमा सरकारले विशेष ध्यान दिएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित उत्कृष्ट महिला उद्यमी सम्मान’ कार्यक्रममा बोल्दै मन्त्री यादवले घरेलु तथा साना उद्योगको संरक्षणका लागि सरकारले ५ करोडभन्दा बढि लगानी भएको उद्योगमा मात्रै वैदेशिक लगानी भित्र्याउने नीति लिएको बताएका छन्। उनले सरकारले समृद्ध नेपालः सुखी नेपाली’को नारालाई साकार पार्न पनि उद्योग क्षेत्रको विकासलाई जोड दिनु परेको स्पष्ट पारेका छन्।
मन्त्री यादवले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन घरेलु तथा साना उद्यमीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि बताए।
प्रकाशित: २४ जेष्ठ २०७६ ०९:०१ शुक्रबार