समाज

हुण्डी कारोवार गर्ने दुई पक्राउ

काठमाडाैँ - जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको कारोवार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा सिमरा उपमहानगरपालिका वडा नं ७ पहाडीटोल बस्ने   २२ वर्षीय को रोशन साह र भारत विहार जिल्ला मोतिहारीको सुगौली वडा नं १० कवलपुरटोल बस्ने  २२ वर्षीय सौरभ कुमार रहेका छन्।

बुधबार पर्सा वीरगञ्ज महानगरपालिका वडा नं १६ रजतजयन्ती चोकस्थित सडकमा विभिन्न सवारी साधन तथा पैदल यात्रीसमेतको जाँच गर्ने क्रममा भारत रक्सौलबाट वीरगञ्ज आउँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्।

उनीहरुको साथबाट स्रोत खुल्न नसकेको दुई लाख ९९  हजार ५००  नेपाली रुपैयाँ र  दुई थान मोबाइलसमेत फेला परेकाले परिएको हो। उनीहरुलाई प्रहरीले लाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २३ जेष्ठ २०७६ ०७:१५ बिहीबार

हुण्डी कारोवार सिमरा_उपमहानगरपालिका पक्राउ