समाज

सर्पले डसेर किशोरीको मृत्यु

दाङ– सर्पको डसाइबाट एक किशोरीको मृत्यु भएको छ। आज बिहान राजपुर गाउँपालिका–४ मोतिपुरकी १७ वर्षीया प्रमिला यादवलाई सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार बिहान स्कूल जाने क्रममा घरबाट निस्किने क्रममा सर्पले डसेको र यादवको उपचारका क्रममा सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा मृत्यु भएको हो। विद्यालय जानलाई गोठबाट साइकल निकाल्ने क्रममा सर्पले डसेको थियो। यादव राजपुर गाउँपालिका–३ स्थित शङ्कर मावि खदरियामा कक्षा १० मा अध्ययनरत थिइन्। रासस

प्रकाशित: २१ जेष्ठ २०७६ १४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App