समाज

घुससहित वडाध्यक्ष पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले घुससहित वडाध्यक्षलाई पक्राउ गरेको छ। मंगलबार बाराको गढिमाइ नगरपालिका ६ का वडाअध्यक्ष रामजीप्रसाद बराई ७५ हजारलाई घुससहित पक्रँउ गरेको हो।

वडाध्यक्ष बराईले विकास निर्माणको काममा सहज बनाइदिने भन्दै उनले घुस रकम लिएको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको जनाएको छ।

प्रकाशित: २१ जेष्ठ २०७६ १३:५४ मंगलबार

अख्तियार_दुरुपयोग_अनुसन्धान_आयोग वडाध्यक्ष घुस पक्राउ