समाज

ठूलो भूकम्प आउने हल्ला फैलाउने अर्जुन पक्राउ

काठमाडौं– महाभूकम्प आउँछ भन्दै अफवाह फैलाउने अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले क्षेत्रीलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो।

उनले आफू ज्योतिष भएको बताउँदै यहि जेठ महिनाभित्रै ठूलो भूकम्प जाने भन्दै विभिन्न युट्युव च्यानलमा अन्तर्वार्ता दिँदै हिडेकाले पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीमाथि अनुसन्धान शुरु भएको छ।

प्रकाशित: २१ जेष्ठ २०७६ १०:२८ मंगलबार

भूकम्प अफवाह अर्जुन_क्षेत्री