समाज

ढुंगाले किच्दा एकको ज्यान गयो, एक गम्भीर

खोटाङ– जिल्लामा ढुंगाले किच्दा एकको ज्यान गएको छ। भीरमाथिबाट खसेको ढुंगाले लाग्दा केपिलासगढी गाउँपालिका–६ दिप्सुङका अन्दाजी ५८ वर्षीय चन्द्र विकको मंगलबार ज्यान गएको हो।

धान कुट्न घरबाट धान बोकेर मिलतर्फ जाँदै गर्दा स्थानीय राम्चेभीरमा सुख्खा पहिरोसँग खसेको ढुंगाले लागेर बिकको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशवकुमार कटवालले बताए।

ढुंगाले लाग्दा बिकसँगै हिँडिरहेका सोही ठाउँका २४ वर्षीय मनकुमार तामाङ गम्भीर घाईते भएका छन्। दिप्सुङ स्वास्थ्यचौकीमा सामान्य उपचारपछि तामाङलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ।

प्रकाशित: २१ जेष्ठ २०७६ ०७:४८ मंगलबार

खोटाङ मृत्यु