समाज

सार्क युवा वैज्ञानिकहरुको सम्मेलन हुने

काठमाडौं- नेपालमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन हुने भएको छ। प्रदेश नम्बर ३ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रिय विभागले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी जेठ २२ र २३ गते ललितपुरमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन हुने जानकारी गराएका हुन्।

सार्क क्षेत्रमा भएका विज्ञान र प्रविधिको उपलब्धिहरुको अनुभाव साटासाट गर्ने उद्देश्यका साथ सो सम्मेलन आयोजना गर्न लागिएको सम्मेलन आयोजक समितिका संयोजक डा. दिपक अर्यालले जानकारी दिए।

सम्मेलनमा जर्मनी, बेलायत, फिनल्याण्डसहितका देशहरु पनि सहभागी हुनेछन्। सम्मेलनमा १६ वटा अन्तराष्ट्रिय युवा वैज्ञानिकहरुको कार्यपत्र प्रस्तुत हुने र नेपालका ३५ जना युवा बैज्ञानिकहरुले पनि कार्यपत्र प्रस्तुत गर्ने छन्।

 

  

प्रकाशित: २० जेष्ठ २०७६ १२:०२ सोमबार

सार्क वैज्ञानिक सम्मेलन