समाज

विहानै बसेको थियो गृहमा सुरक्षा समितिको बैठक

काठमाडौं–  नेत्रविक्रम चन्द विप्लव समूहले सोलेखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकी आक्रमण प्रयास गरेपछि गृह मन्त्रालयमा सोमबार विहान केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। तर गृहमन्त्रालयका प्रवक्ताले सोमबार बिहान बसेको बैठक नियमित भएको बताएका छन्।

गृहमन्त्री रामबहादुर थापा, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश अधिकारीलगायतको बैठकमा उपस्थिति थियो।

विप्लव समूहले आक्रमणको प्रयास गरेपछि सुरक्षा निकायका प्रमुखले पछिल्लो उनीहरुको गतिविधिबारे गृहमन्त्री थापालाई जानकारी गराएकाे स्रोतले बतायो।

तर गृह मन्त्रालयले भने प्रहरी चौकी आक्रमण प्रयास नभएको जानकारी दिएको छ। गृह प्रवक्ता रामकृष्ण सुवेदीले आक्रमण प्रयास हल्ला मात्रै भएको नागरिक न्यूजलाई बताएका छन्।

प्रकाशित: २० जेष्ठ २०७६ १०:०४ सोमबार

विप्लव_समूह आक्रमण_प्रयास सुरक्षा_समिति_बैठक