समाज

गृह मन्त्रालयले भन्यो– सोलुखुम्बु आक्रमण प्रयास हल्ला मात्रै

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव समूहले गएराति सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी आक्रमण गर्न खोजेकोबारे गृहमन्त्रालयले ठाडै अस्विकार गरेको छ। सोमबार गृह प्रवक्ता रामकृष्ण सुवेदीले आक्रमणको प्रयास हल्ला मात्रै भएको बताएका छन्।

‘विप्लव समूहले आक्रमण प्रयास गरेका छैनन्, यो हल्ला मात्रै हो’ प्रवक्ता सुवेदीले नागरिक न्यूजसँग भने। तर उनले उक्त स्थानमा केहि प्रहरी भने पठाइएको स्वीकारेका छन्। आक्रमण प्रयास नभएको भए किन पठाइयो त थप सुरक्षाकर्मी भन्ने प्रश्नमा सुवेदीले भने ‘सुरक्षाकर्मी कम भएकाले पठाइएको हो।’

गएराति विप्लव कार्यकर्ता प्रहरी चौकी आक्रमणका लागि आउँदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत ७ जना प्रहरीसहित हतियार तैनाथ गरिएको थियो। प्रहरी र विप्लवका कार्यकर्ताबीच भेट नभएको भएपनि राति १२ बजे देखि बिहान ३ बजेसम्म चौकी आसपासमै विप्लवका कार्यकर्ता रहेको प्रहरी स्रोतको दाबी छ।

प्रकाशित: २० जेष्ठ २०७६ ०९:४६ सोमबार

विप्लव_समूह साेलुखुम्बु_आक्रमण_प्रयास गृह_मन्त्रालय