समाज

खुम्बुलाई ‘पर्यटकीय गाउँपालिका’को प्रमाणपत्र

सोलुखुम्बु – खुम्बु पासाङल्हामु गाउँपालिकाले ‘पर्यटकीय स्थानीय तह’को प्रमाणपत्र प्राप्त गरेको छ। विराटनगरमा भएको एक कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले गाउँपालिकालाई पर्यटकीय गाउँपालिकाको प्रमाणपत्रसहित ५० लाख पुरस्कार रकम प्रदान गरे। प्रदेश १ को चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेअनुरूप प्रदान गरिएको प्रमाणपत्र र पुरस्कारबापतको चेक गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले ग्रहण गरेका हुन्।

अध्यक्ष शेर्पाले प्रदेश सरकारको यस निर्णयले खुम्बु क्षेत्र र समग्र देशकै पर्यटन क्षेत्रको विकासमा महŒवपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। ‘पर्यटकमैत्री पूर्वाधार निर्माणमा अझ फोकस दिन्छौ। विभिन्न स्थानमा भ्यु टावर, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गर्दै जानेछाैं,’ उनले भने, ‘प्रदेश सरकारको यो घोषणाले पर्यटन वर्ष–२०२० लाई पनि सहयोग पु-याउने आशा राखेका छौं।

खुम्बु क्षेत्रमा पर्यटकको संख्या अझ थपिनेछ।’ उनले प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्राथमिकता राखेर बजेट विनियोजन गर्ने विश्वास व्यक्त गरे। खुम्बु क्षेत्रमा बर्सेनि ५० हजारकाे हाराहारीमा पर्यटक आउने गरेका छन्। मुख्यमन्त्री

प्रकाशित: १८ जेष्ठ २०७६ ०२:१४ शनिबार

खुम्बु पर्यटकीय_गाउँपालिका प्रमाणपत्र