समाज

रेडक्रसलाई थप प्रभावकारी बनाउन आवश्यक : गृहमन्त्री

 काठमाडौँ-  गृहमन्त्री रामबहादुर थापाले नेपाल रेडक्रस सोसाइटीलाई थप प्रभावकारी रुपमा काम गर्न आग्रह गरेका छन्। रेडक्रसको नयाँ केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुसँग आज गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले कार्यसमितिमा अनुभवि टिम आएको भन्दै संस्थाले थप सक्रिय भएर कामगर्ने विश्वाँस व्यक्त गरे।

रेडक्रसले स्वास्थ्य, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा खेल्दै आएको भूमिकाको चर्चा गर्दै मानविय सेवामा रेडक्रसको भूमिका  सराहनिय रहेको उनले बताए।

उनले गृहमन्त्रालय र रेडक्रसबीच विगतदेखिनै सहकार्य रहेको टिप्पणी गर्दै नयाँ कार्यसमतिलाई समेत गृह मन्त्रालयबाट बाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।

सोसाइटीका अध्यक्ष डा. विश्वकेशर मास्केले रेडक्रसको नयाँ कार्यसमिति गठन गर्न गृहमन्त्रालयले खेलेको भूमिकाका लागि गृहमन्त्रीलाई धन्यवाद व्यक्तगर्दै आगामी दिनमा नेपालको रेडक्रसलाई दक्षिण एसियाकै उत्कष्ट बनाउने गरी आफुहरुले काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

उनले शिक्षा, स्वास्थ्य, खानेपानी विपद् व्यवस्थापन लगायतका क्षेत्रमा रेडक्रसले काम गर्दै आएको बताउँदै एक वर्षको वार्षिक कार्यतालिका बनाएर आफुहरुले काम सुरु गरीसकेको जानकारी दिए।

यही जेठ ६ गते डा. मास्केको अध्यक्ष्यतामा नेपाल रेडक्रस सोसाइटीको १७ सदस्यीय तदर्थ समिति गठन गरीएको थियो।

 

प्रकाशित: १७ जेष्ठ २०७६ ०८:५७ शुक्रबार

रेडक्रस गृहमन्त्री सामाजिक_सेवा