समाज

व्यवसायी प्रभाकर राणाको निधन

काठमाडौं- उद्योगी प्रभाकर समशेर राणाको निधन भएको छ। ८४ वर्षिय राणाको अमेरिकामा निधन भएको हो। सोल्टी होटलका संस्थापक राणाको अमेरिकामा उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।

नेपालमा उद्योग व्यवसाय स्थापना गर्न उनको महत्वपूर्ण भूमिका रहेकोछ। राणा पहिलो पुस्ताका उद्योगीको रुपमा चिनिन्छन्।

राणाले सोल्टी होटल, सिप्रदी, सूर्य नेपाल, भोटेकोशी र अमरावती इन्टरनेशनल लगायतका कम्पनी स्थापना गरेका थिए। उनले स्थापना गरेको व्यवसाय छोरा शिद्धार्थले सम्हाल्दै आएका छन्।

 

प्रकाशित: १७ जेष्ठ २०७६ ०६:३० शुक्रबार

प्रभाकरण_राणा व्यवसायी निधन