समाज

चट्याङ लागेर गम्भीर घाइते

ओखलढुंगा– बिहिबार साँझ परेको चट्याङ लागेर ओखलढुंगामा एक जना घाइते भएका छन्। खिजिदेम्बा गाउँपालिका–५ की ३५ वर्षिय प्रेमकुमारी श्रेष्ठ घाईते भएकी हुन्।

उनको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाण्डौ लगिएको उनका श्रीमान् खेमनारायण श्रेष्ठको भनाई उदृढ गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजिब श्रेष्ठले जाकारी दिएका छन्। यसैबीच चट्याङ लागेर लिखु गाउँपालिका–५ यसमका गोपाल बहादुर खत्रीको दुई वटा गोरु मरेका छन्। साँझ ६ः३० बजे पानीसँगै परेको चट्याङ लागेर खत्रीको गोठमा बाँधि राखेको गोरु मरेका हुन्।

प्रकाशित: १६ जेष्ठ २०७६ १५:२३ बिहीबार

ओखलढुंगा चट्याङ घाइते