समाज

ट्याक्टर दुर्घटनामा दुई घाइते

दिक्तेलमा भएको दुर्घटनामा क्षतीग्रस्त ट्याक्टर। तस्बिरः नागरिक

खोटाङ– खोटाङमा ट्याक्टर दुर्घटनामा दुई जना घाइते भएका छन्। दिक्तेलको किरातचोक (जिरो प्वाइन्ट)बाट रड बोकेर अल्छेढुंगातर्फ जाँदै गरेको ६ त ८२३१ नम्बरको ट्याक्टर दुर्घट्ना हुँदा चालक र सह–चालक घाइते भएका हुन्।

ट्याक्टर मध्यपहाडी लोकमार्गबाट करिब २० मिटर तल खसे पनि चालक र सह–चालक सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए ।

प्रकाशित: १३ जेष्ठ २०७६ ११:४६ सोमबार

दुर्घटना दिक्तेल