समाज

हरिपुर नगरपालिकामा विष्फोट

सर्लाही - सर्लाहीको हरिपुर नगरपालिकामा आईतबार राती वम विष्फोट भएको छ । राती ११ बजे भएको विष्फोटले नगरपालिका कार्यालय भवनको झ्यालको सिसा तथा कम्पाउण्ड वालमा क्षति पुगेको प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठौरका अनुसार विष्फोटबाट पर्खाल र झ्यालमा सामान्य क्षति पुगेको छ । घटनास्थलबाट आल्मुनियमका टुक्राहरु फेला परेकाले आल्मुनियम वम विष्फोट गराईएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

विष्फोट गराउने समुहको पहिचान एवं खोजी कार्य भईरहेको प्रनाउ राठौरले जानकारी दिए । घटनास्थलमा कुनै पर्चा पम्प्लेट नभएको तथा हालसम्म कसैले पनि विष्फोटको जिम्मा नलिएको प्रहरीको भनाई छ । राती भयंकर ठूलो आवाजमा विष्फोट सुनिएको र वातावरण त्रसित भएको स्थानिय युवा सनोज दासले जानकारी दिए ।

प्रकाशित: १३ जेष्ठ २०७६ ०२:१२ सोमबार

हरिपुर_नगरपालिका बम विष्फोट क्षति