समाज

लगनखेल र ग्वार्काेमा शंकास्पद वस्तु फेला

फाइल तस्बिर

काठमाडौं– काठमाडौंको अनामनगर र सुकेधारामा बम विस्फोट भएर मानवीय क्षति भएका बेला ललितपुरमा समेत शंकास्पद वस्तु फेला परेको छ। ललितपुरको लगनखेल र ग्वार्काेमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। 

महानगरीय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंहका अनुसार लगनखेल र ग्वार्काेमा प्रेसर कुकर भेटिएको हो। घटनास्थललाई नेपाली सेनाको डिस्पोजल टोलीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित: १२ जेष्ठ २०७६ १४:३५ आइतबार

शंकास्पद_वस्तु ललितपुर लगनखेल_र_ग्वार्काे