समाज

ट्रकबाट सामान झार्ने क्रममा खसेर मृत्यु

गोरखा– आरुघाट गाउँपालिका वडा नम्बर ९ स्थित आरुघाट विद्युत चोकमा बा ३ ख २५८३ नम्बरको मिनि ट्रकबाट सामान झार्ने क्रममा लडेर एक व्यक्तिको ज्यान गएको छ। धादिङ त्रिपुरासुन्दरी गाउँपालिका २ स्थायी घर भई आरुघाटमा भरिया काम गर्दै आएका अन्दाजी ५० वर्षीय विष्णु श्रेष्ठको मृत्यु भएको हो।

गाडीबाट पसलमा सामग्री झार्दै गर्दा खसेका श्रेष्ठ अचेत भएपछि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। स्वास्थ्य केन्द्र पु-याएको आधा घण्टा भित्रै उनको मृत्यु भएको ट्राफिक इन्चार्ज दयाराम पौडेलले बताए। मिनिट्रक र चालक प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित: १२ जेष्ठ २०७६ ०९:२७ आइतबार

आरुघाट_गाउँपालिका मृत्यु