समाज

दुई ठाउँमा नौ जनाको अन्त्येष्टि

पाँचथर– देश र विदेशमा रहेका नेपालीहरुलाई स्तब्ध तुल्याउने गरी पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा भएको हत्याकाण्डमा परि ज्यान गुमाएकाहरुको अन्त्येष्टि भइरहेको छ। दुई स्थानमा उनीहरुको अन्त्येष्टि भईरहेको हो। अन्त्येष्टिमा ठुलो संख्यामा आसपासका बासिन्दाहरु भेला भएका छन्।

बम बहादुर फियाकको घरमा हत्या भएको ४ जनाको घटनास्थल नजिककै सल्लेरी चियानडाँडामा अन्त्येष्टि भइरहेको छ। यस्तै धनराज शेर्माको घरमा हत्या भएका ५ जनाको उनको पुख्र्यौली थलो मिक्लाजुङ–२ को सराङडाँडा मा अन्त्येष्टि भईरहेको छ। एक ठाँउमा ४ र अर्को ठाँउमा पाँच जनाको सयुक्त अन्त्येष्टि भइरहेको हो। सोमबार राति दुइ घरमा नौ जनाको हत्या गरिएको थियो।

प्रकाशित: ९ जेष्ठ २०७६ ०९:३५ बिहीबार

पाँचथर_मिक्लाजुङ_हत्याकाण्ड फियाक_परिवार आरुबोटे