समाज

खोटाङको पञ्चमीबजारमा आगलागी, नियन्त्रणको प्रयास जारी

खोटाङ, जेठ ८ (नागरिक)– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीको पञ्चमीबजारमा आगलागी सुरु भएको छ। बुधबार करिब ८ बजे रातीबाट सुरु भएको आगोले पञ्चमीबजारका डम्बर खड्काको घर पूर्णरुपमा जलिसकेको छ। खड्काको घरबाट सुरु भएको आगोले स्थानीय कुमार श्रेष्ठको घर पनि जलिरहेको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।

आगोले प्रमिला श्रेष्ठको घर पनि जोखिममा परेको छ। घरको पर्खाल भत्काएर आगो फैलिन नदिने प्रयास भइरहेको छ। बजारका अन्य घरमा आगो फैलिन नदिन स्थानीयबासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। आगो नियन्त्रणका लागि प्रहरीचौकी छितापोखरीबाट प्रहरी घट्नास्थल खटिएका छन्। क्षतिको विस्तृत बिवरण आउन बाँकी छ। आगलागीको कारण खुल्न सकेको छैन। विद्युत सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको गाउँपालिका अध्यक्ष राईले बताए।

प्रकाशित: ८ जेष्ठ २०७६ १६:१४ बुधबार

आगलागी खोटाङ घर_नष्ट