समाज

ग्राहक बनेर आएका चार जनाले लुटे सुन पसल

काठमाडौं– काठमाडौँको जोरपाटीस्थित भीमेश्वर सुनचाँदी पसलबाट अज्ञात समूहले पैसा लुटेर फरार भएका छन्।

आज दिउँसो ग्राहक बनेर आएका चार जनाको समूहले पसलको सटर लगाएर रु ८० हजार लुटेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। चोरीमा कसको संलग्नता रहेको छ भन्ने विषयमा प्रहरीले सिसिटिभी क्यामेराको फुटेजबाट अनुसन्धान भइरहेको जनाएको छ। रासस

प्रकाशित: ८ जेष्ठ २०७६ ११:३४ बुधबार

सुनचाँदी_पसल लुटपाट