समाज

शोकमा पाँचथर

पाँचथर– दुई परिवाका नौ जनाको पासविक हत्या भएपछि जिल्लाबासि शोकमा छन्। एकपछि अर्को  गरी विभत्स हत्याका घटना हुन थालेपछि जिल्लाबासि चिन्तीत भएका छन् । केहि दिन अघिमात्र एक किशोरीको घाटी रेटी हत्या भएको थियो।

हत्या काण्ड भएको मिक्लाजुङ–३ आसपासका बासिन्दा अहिलेसम्म बोल्न सकिरहेको अवस्था छैन। ‘यहाँभन्दा भयावह हुने अवस्था छैन। जति भत्सर्ना गरे पनि कम हुन्छ। गाँउलेका आँखामा आसु र पीडामात्र छ’ गाँउपालिका अध्यक्ष अमरराज माखिमले भने ‘यो पीडाको अवस्था केहि बोल्न सक्ने अवस्था छैन।'

 करिब डेढ किलोमीटर टाढा रहेको ज्वाई र ससुराको घरमा सुतिरहेकाबेला हत्या काण्ड मच्चाइएको थियो।  धनराज शेर्मा र बमबहादुर फियाक घरका नौ जनाको हत्या भएको थियो।

हत्या भएको घरदेखि करिव २० किलोमीटर टाढा ३१ बर्षिय मानवहादुर  माखिम  झुण्डिएको अवस्थामा फेला परेका थिए। बमहादुर माखिम कान्छा ज्वाई हुन। माखिम  र छोरी मनकुमारी फियाकबीच पारिवारीक असमझदारी रहेको खुल्न आएको छ।  माखिमले हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ। तर एकै जनालेमात्र नौ जनाको हत्या कसरी गरे होला भन्ने खालाका प्रश्न उब्जिएका छन्। ‘हालसम्म माखिलाई शंका  गरीएको थियो। झुण्डीएको छेउमा रगत लागेको कपडा र  खुकुरी भेटिएको छ। थप अनुसन्धानले बाँकी कुरा बताउँछ’ घटना स्थलमा  रहेका डिएसपि नरेन्द्र कुँवरले बताए।

केहि दिन अघि धनराज शेर्माको घरमा नुनमा कसैले सिसा मिसाईदिएको थियो। यसका बारे प्रहरीले अनुसन्धान गरीरहेको थियो। सिसा भएको नुन लगाएको खाजा खाँदा आठ जना विरामी परेका थिए।

भागेर ज्यान  जोगाएकी सिता खजुमको दमकमा उपचार भईरहेको छ। उनले  हत्या गर्न आउने एक जनामात्र मान्छे देखेको बताएको डिएसपि कुवँरे जानकारी दिए। मृतकको शव  पोस्टमार्टमा लागि धरान पुर्‍याइएको छ।

प्रकाशित: ८ जेष्ठ २०७६ ०५:४७ बुधबार

शोक पाँचथर हत्याकाण्ड