समाज

सात किलो सुन ल्याउनेलाई १७ करोडको माग दाबी

काठमाडौं – राजश्व अनुसन्धान विभागले चोरी पैठारी गरी सात किलो सुन ल्याउने शेर ग्याल्वो घलेलाई १७ करोड ७९ लाख बिगो कायम गर्दै जिल्ला अदालत रसुवामा मुद्दा दर्ता गरेको छ। विभागले मंगलबार रसुवा नौकुण्ड गाउँपालिका–१ रसुवाका ३० बर्से शेर ग्याल्वो घलेलाई मुद्दा दर्ता गरेको हो। घलेले चोरी पैठारी गरी ल्याइएको सात किलो सुन र भन्सार तिर्नुपर्ने रकम गरी १७ करोड ७९ लाख ४० हजार रुपैयाँ माग दाबी गरी मुद्दा दर्ता गरिएको हो।

सात किलो सुनको हुन आउने सात करोड ११ लाख ७६ हजार रुपैयाँ बिगो कायम गरी राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनको कसुरमा मुद्दा दर्ता गरेको हो। त्यसैगरी आरोपित घलेले भन्सार तिरेको रसिद दाखिला गर्न नसकेको भन्दै तीन करोड ५५ लाख ८८ हजार रुपैयाँ बराबरको सुनको बुझाउनुपर्ने राजस्व चुहावट गरेको भन्दै मुद्दा दर्ता गरेको हो।

रसुवागढीबाट स्याफ्रुतर्फ आउँदै गरेको ना६ख ९०६८ नम्बरको कन्टेनर डिब्बामा विनाबिल लुकाइछिपाइ ल्याउँदै गरेको सात किलो सुन प्रहरीले बरामद गरेको थियो। चीनबाट सुन खरिद गर्न त्यही रकम बराबर विदेशी विनिमय गैरकानुनी तबरबाट अपचलन गरेको पुष्टि हुन आएको बरामदी दसी जफत हुन तथा ऐनको दफा २३ बमोजिम प्रतिवादीलाई सजाय गरी र विदेशी विनिमय ऐन २०१९ को दफा १७ (१) तथा १७ (९) बमोजिम थप सजायसमेत गरी पाउन मुद्दा दर्ता गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ।

प्रकाशित: ८ जेष्ठ २०७६ ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App