समाज

खेतमाथिको झाडीमा आगो लगाउँदा जलेर मृत्यु

गोरखा– शहीद लखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोट स्थित खाब्दीखोला भन्ने ठाउँमा खेत माथिको झाडीमा आगो लगाउँदा मंगलबार साँझ एक वृद्धको ज्यान गएको छ।

सोही गाउँपालिका वडा नम्बर ८ का ६३ वर्षिय पहलमान श्रेष्ठको आगोले जलेर घनास्थलमै मृत्यु भएको शहीद लखन गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठले बताए। धुवाँको मुस्लोले स्वाँस फेर्न नसकेर लडेपछि दन्किँदै आएको आगोले श्रेष्ठलाई पोलेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ।

अहिले पनि अधिकांश ठाउँमा खेतमा मल हुने लोभले माथि रहेको पातपतिङ्गर पोल्ने, झाडीमा आगो लगाउने प्रचलन छ। मलको लोभले आगो लगाउँदा वृद्धको ज्यान गएको हो। 

प्रकाशित: ७ जेष्ठ २०७६ १३:१५ मंगलबार

आगो खेत वृद्ध मृत्यु