समाज

धादिङ बस दुर्घटना : हराइरहेका एकजनाको शव फेला

धादिङ– धादिङको गजुरी गाउँपालिका वडा नं ६ बन्छेटारबाट त्रिशुली नदीमा बस खस्दा हराइरहेका एक जनाको शव फेला परेको छ। घटना भएको ठाउँबाटै मंगलबार दिउँसो फेला पारेको प्रहरीले जानकारी दिएको छ।

त्रिशुली किनारामा हिलोमा दबिएको अवस्थामा झापा घर भएका कृष्णप्रसाद निरौलाको शव फेला परेको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले जानकारी दिए। 
दुर्घटनामा अझै तीनजना हराइरहेका छन्। दुई बालक र एक पुरुष हराइरहेको घिमिरेले जानकारी दिए। हराइरहेकाहरुको कुरिनटारको गोताखोरको टोलीले खोजी कार्य गरिरहेका छन्। 

आइतबार झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक सडकबाट ६० मिटर तल त्रिशुली नदीमा खसेको थियो। दुर्घटनामा यसअघि ९ जनाको मृत्यु भएको थियो। दुर्घटनामा परी मृत्यु भएका तीनजनाको अझै सनाखत हुन सकेको छैन। 

प्रकाशित: ७ जेष्ठ २०७६ ११:०३ मंगलबार

धादिङ_बस_दुर्घटना त्रिशुली शव