समाज

ठगी आरोपमा औद्योगिक क्षेत्र संघर्ष समितिका सचिव पक्राउ

दमक- दमक  औद्योगिक क्षेत्र संघर्ष समितिका सचिव करणसिंह बस्नेत पक्राउ परेका छन्। दमक पत्रकार मञ्चमा पत्रकार सम्मेलन सक्नना साथ उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) टोलीले पक्राउ परेको हो ।

बस्नेत माथि ठगीको उजुरी छ। इलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल सुब्बाका अनुसार मोहनकुमार खड्काको उजुरीका आधारमा बस्नेतलाई पक्राउ गरिएको हो। बस्नेत बिरुद्ध खड्काले चेक बाउन्सको उजुरी हालेका थिए। बस्नेत भने औद्योगिक क्षेत्रका जग्गाको मुआब्जा कम भएको बिषयमा पत्रकार सम्मेलन गर्दै थिए। उनलाई कार्यक्रम सकिना साथ पक्राउ गरिएको हो।

प्रकाशित: ७ जेष्ठ २०७६ ०७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App