समाज

फरार अभियुक्त चार वर्षपछि पक्राउ

बैतडी- हाडनाता करणी सम्बन्धी मुद्दामा कैद सजाय सुनाइएका बैतडीका एक युवक चार वर्षपछि पक्राउ परेका छन्। सिगास गाउँपालिका–१ सिराडीका ३२ वर्षीय वीरभान धामी सोमबार प्रहरीले पक्राउ गरेको हो।

उनलाई घरमै बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी नेत्रमणी गिरीले बताए। धामीलाई जिल्ला अदालत बैतडीले हाडनाता करणी मुद्दामा २०७३ जेठ १८ गते एक वर्ष कैद सजाय सुनाएको थियो।

पक्राउ परेका धामीलाई जिल्ला अदालत बैतडीले कैद भुक्तानका लागि जिल्ला कारागार बैतडी पठाएको छ।

प्रकाशित: ७ जेष्ठ २०७६ ०६:०६ मंगलबार

पक्राउ फरार