समाज

संवैधानिक मञ्चमा चापागाईं

काठमाडौं- संवैधानिक सवालमा पेशागत कानुन व्यवसायीहरुको संस्था संवैधानिक कानुन व्यवसायी मञ्चमा अधिवक्ता राजु प्रसाद चागागाईंको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

शनिवार सम्पन्न भएको मञ्चको साधारण सभाले चापागाईंको नेतृत्वमा नयाँ कार्यसमितिको गठन भएको हो । मञ्चको उपाध्यक्षमा अधिवक्ता रोशनी पौड्याल र महासचिवमा अधिवक्ता अनन्तराज लुइँटेल र सचिवमा अधिवक्ता पवन कुमार जैसवाललाई चयन गरिएको छ।

मञ्चका सदस्यहरुमा अधिवक्ता डा. रुद्र शर्मा, अधिवक्ता हर्क रावल, अधिवक्ता सरोजकृष्ण घिमिरे, अधिवक्ता लीलाधर उपाध्याय र अधिवक्ता सम्बोजन लिम्बू रहेका छन भने साधारण सभाले बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको संयोजकत्वमा सहल्लाहकार समिति चयन गर्न निर्णय गरेको छ।

यसअघि अधिवक्ता ललित बहादुर बस्नेतको नेतृत्वको कार्यसमितिले दुईबर्षको कार्यकाल पूरा गरेको थियो । बरिष्ठ अधिवक्ता रविनारायण खनाल, चन्द्रकान्त ज्ञवाली तथा अधिवक्ताहरु टीकाराम भट्टराई र भिमार्जनु आचार्यले पहिल्यै संस्थाको नेतृत्व गरिसकेका छन्।

               

प्रकाशित: ६ जेष्ठ २०७६ १२:३५ सोमबार

वकिल संवैधानिक_मञ्च कार्यसमिति