समाज

दोलखाको किर्नेबाट चितुवाको छाला बरामद

सशस्त्र प्रहरी बल १८ नम्बर गुल्म चरिकोटले बरामद गरेको चितुवाको छाला। तस्विर : नागरिक

दोलखा- सशस्त्र प्रहरी टोलीले साढे ५ मिटर लामो चितुवाको छाला बराम गरेको छ। दोलखाको तामाकोसी गाउँपालिकाको किर्नेटार बजारबाट सशस्त्रको टोलीले एक साता अघि सुराकीको आधारमा साढे ५ मिटर लामो चितुवाको छाला बरामद गरेको हो।

सशस्त्र प्रहरी बल १८ नम्बर गुल्म चरिकोटका प्रहरी नायब निरीक्षक बद्री बहादुर सोडारीको नेतृत्वमा खटिएको टोलीले उक्त छाला बरामद गरेको गुल्मती सशस्त्रका डिएसपी किरण कुमार कठायतले जानकारी दिए। सात दिन अघि बरामद छाला सशस्त्रले आईतबार मात्र सार्वजनिक गरेको हो।

डिएसपी कठायतका अनुसार मध्यरातको समयमा भएकाले ओसारपसारमा संलग्न व्यक्ती फरार भएको र पहिचान भईसकेकाले उनको खोजी भईरहेको छ। सशस्त्रले चितुवाको छाला जिल्लावनलाई आईतबार नै बुझाईसकेको छ।

दोलखामा सशस्त्रको गुल्म स्थापना भए यता बन्यजन्तु चोरी सिकारीमा संलग्नहरुको अनुसन्धान गर्ने कार्यलाई तिव्रता दिईएको छ।

 

 

प्रकाशित: ६ जेष्ठ २०७६ ११:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App