समाज

बाघको छालासहित ३ जना पक्राउ

काठमाडौं– महानगरीय प्रहरी कार्यालय रानीपोखरी र वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले बाघको छालासहित ३ जनालाई पक्राउ गरेको छ।

प्रहरीले उनीहरुलाई सोमबार काठमाडौंको सिनामङ्गलबाट १थान बाघको छाला सहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा ललितपुर सातदोबाटो बस्ने धनकुटाका सुरेश बि.क, नयाँबसपार्क बस्ने चितवनका रबिन्द्र सुनार र बाग्लुङका होम बहादुर नेपाली रहेका छन्।

प्रकाशित: ६ जेष्ठ २०७६ ०९:४१ सोमबार

बाघको_छाला प्रहरी पक्राउ