समाज

चार गाउँपालिकामा खानेपानी पु-याइने

रसुव – जिल्लाका चार गाउँपालिकामा खानेपानीको समस्या समाधान हुने भएको छ। भूकम्पका कारण पानीको मुहान सुकेपछि स्थानीयले खानेपानीको समस्या भोग्दै आएका छन्। गाउँमा रहेको मुहान सुक्दै गएपछि नौकुण्डबाट पानी ल्याएर पानीको परिपूर्ति गर्न लागिएको हो। यसका लागि ‘नौकुण्ड बृहत् खानेपानी आयोजना’ निर्माण प्रक्रिया अघि बढाइएको छ।

जिल्लाको नौकुण्ड, कालिका, उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकाको १५ वटा वडामा खानेपानी पु¥याउने योजनाअनुसार सर्भे सुरु गरिएको हो। नौकुण्डबाट परालथाल, बालुवापाटी हुँदै पाङ्लेखर्कसम्म पानी ल्याइनेछ। त्यहाँबाट चारवटै गाउँपालिकाका विभिन्न वडामा खानेपानी वितरणको योजना छ। पहिलो चरणमा नौकुण्ड गाउँपालिकामा सर्भेको काम सकिएको छ।

आइतबारदेखि कालिका गाउँपालिकामा सर्भे सुरु गरिएको टोलीका सदस्य विष्णु पौडेलले बताए। चालू आर्थिक वर्ष २०७५÷७६ भित्र विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० सकाएर प्रतिवेदन पेस गरिसक्नुपर्नेछ। ‘वैशाख १३ गते थालिएको काम एउटा गाउँपालिकामा मात्रै सकिएको छ,’ उनले भने, ‘अबको एक महिनाभित्र सबैतिर काम सकिन्छ।’

प्रकाशित: ६ जेष्ठ २०७६ ०२:३१ सोमबार

गाउँपालिका खानेपानी भूकम्प