समाज

बाघको छालासहित तीन पक्राउ

धादिङ – बाघको छालासहित गल्छीबाट तीनजना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रहरी चौकी गल्छी र डिभिजन वन कार्यालय धादिङको संयुक्त टोलीले बाघको एक थान छालासहित गल्छी गाउँपालिका–७ स्थित हाम्रो होटलबाट शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–३ बस्ने ३१ वर्षीय सुमन दर्जी, सोही ठाउँका ४५ वर्षीय विष्णुबहादुर सुनार र ४१ वर्षीय कुमार खड्का छन्। उनीहरूलाई जिल्ला वन डिभिजन कार्यालय धादिङमा आवश्यक कारबाहीका लागि पठाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ६ जेष्ठ २०७६ ०२:३० सोमबार

बाघ छाला गल्छी पक्राउ