समाज

काठमाडौंका लागि छुटेको बस त्रिशुलीमा खस्यो

फाइल तस्बिर नागरिक

काठमाडौं - काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। गजुरी गाउँपालिका ६ बन्छेटारको वडा नम्बर ६ को आदमघाटमा आइतबार बिहान त्रिशुलीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय घादिङले बस त्रिशुलीमा खसेको पुष्टि गरेको छ। तर दुर्घटनास्थलमा टेलफोन सम्प्रक समेत हुन नसकेकोले विस्तृत विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रकाशित: ५ जेष्ठ २०७६ ०१:३० आइतबार

त्रिशुलीमा_बस_खस्याे दुर्घटनास्थल