समाज

डुबेर २ जनाको मृत्यु

रुपन्देही– रुपन्देहीको सैनामैनामा शनिबार छुटाछुट्टै स्थानमा पौडी खेल्दा डुबेर दुई जनाको मृत्यु भएको छ। गर्मी छल्न भन्दै साथीहरुसँग पौडी खेल्न गएका सैनामैना ८ का ३२ बर्षिय डोल बहादुर खप्तरी मगरको काली रहमा डुबेर मृत्यु भएको हो। दिउँसो ३ बजेतिर मगर पौडी खेल्न काली रह पुगेको प्रहरीले जनाएको छ। यसैगरी शनिबार नै सैनामैना सालझन्डीमा एक युवाको इङगुरिया खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको छ। 

२ बहिनीसहित पौडी खेल्न पुगेका सैनामैना ८ शान्त्निगरका १६ बर्षिय आशिष न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझन्डीले जानकारी दिएको छ। दिउँसो अन्य युवाहरु पौडी खेल्न जाँदा पानीमुनी देखेपछि स्थानीयलाई खबर गरेका थिए। मृतक न्यौपाने रामापुर मावि कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन। दुवै जनाको शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रकाशित: ४ जेष्ठ २०७६ १४:४१ शनिबार

पौडी गर्मी सैनामैना डुबेर_मृत्यु