समाज

गाउँपालिका अध्यक्षकाे घरमा बम विस्फोट

सप्तरी – सप्तरीकाे एक गाउँपालिका अध्यक्षकाे घरमा शुक्रबार राति बम विस्फोट भएको छ। बलान बिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइतको घरमा बम विस्फोट भएको हो।

अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ। गाउँपालिका अध्यक्षकाे घरमा रहेको बैठक कोठमा बम विस्फोट भएको हो।  अध्यक्षका काका श्याम गोइत भने बम विस्फोटमा परी घाइते भएका छन्।

उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। सप्तरीका डिएसपी भावेस रिमालका अनुसार बम विस्फोटले घरको फर्निचर र बैठक कोठामा क्षति पुगेको छ। उनले घटनाको अनुसन्धान भइरहेको बताएका छन्। बम विस्फोट गराउने अज्ञात समूह संभावत भारतबाट आएको हुन सक्ने डिएसपी रिमालले बताए।

 

 

प्रकाशित: ४ जेष्ठ २०७६ ०३:५२ शनिबार

बम_विस्फोट बलान_बिहुल_गाउँपालिका