समाज

पर्सागढीमा बुद्ध गुम्बा

शुक्रवार पर्सागढीमा आयोजित बुद्ध गुम्बा शिलान्यास कार्यक्रम। तस्विरः नागरिक

वीरगन्ज– पर्सागढ़ी नगरपालिका –३ बढ्निहारमा निर्माण हुन लागेको ‘तम्बा छ्योइलिङ्ग गुम्बा’को शुक्रवार शिलान्यास गरिएको छ। पूर्व मंत्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले गुम्बाको सिलान्यास गर्दै विश्व मानचित्रमा भगवान बुद्धका कारण नेपालले विशिष्ठ पहिचान पाएको र यसले गर्दा नेपालीको सिर ठाडो पर्ने गरेको बताए।

बुद्ध जयन्तीको पूर्व सन्ध्या आयोजित कार्यक्रमका बीच शिलान्यास गरिएको गुम्बा निर्माणका लागि पर्सागढी नगरपालिकाले आर्थिक सहयोग गर्न लागेको हाे। शिलान्यास कार्यक्रममा प्रदेश २ का प्रदेशसभा सदस्य राजेश्वर साहले बुद्धका उपदेश सबै धर्मका अनुयायिका लागि उपयोगी रहेको बताए।

पर्सागढी नगरपालिकाका नगरप्रमुख लोकनारायण यादवले आफुहरुले नगरपालिकाभित्र बसोबास गर्ने सबै समुदायको संस्कृति संरक्षणका लागि काम गर्ने बताए।
 

प्रकाशित: ३ जेष्ठ २०७६ १२:४२ शुक्रबार

पर्सागढ़ी_नगरपालिका_–३ बुद्ध_गुम्बा