समाज

७८ लाख धरौटीमा छुटे राजनारायण पाठक

काठमाडौं– घुस प्रकरण परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन्। बुधबार विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले ७८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। विशेष अदालतको आदेश लगत्तै पाठकले नेपाल बंगलादेश बैंकमा बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन्।

नेपाल इन्जिनियरिङ कलेजको विवादमा ७८ लाख घुस लिएको भिडियो समेत सार्वजनिक भएको थियो। पाठकविरुद्ध चैत १२ मा विशेष अदालतमा मुद्दा दायर भएको थियो। पाठक थुनछेकको बहसका लागि अदालतमा हाजिर भएका थिए।

प्रकाशित: १ जेष्ठ २०७६ १३:११ बुधबार

अख्तियार_दुरुपयोग_अनुसन्धान_आयोग राजनारायण_पाठक नेपाल_इन्जिनियरिङ_कलेज घुस