समाज

जिप चालकले प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोजेपछि...

काठमाडौं– प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एकजना चालक पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त जगातीबाट  खटिएको प्रहरी टोलीलाई १०० रुपैयाँ दिइ आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बा.२० च. ८२०९ नम्बरको बोलेरो चालक खोटाङ चिसापानी बस्ने बर्ष ३३ को केशब बहादुर तामाङ रहेका छन्। उनले गाडी चेकजाँचको क्रममा प्रहरीलाई १०० रुपैयाँ घुस दिने प्रयास गरेकाे महानगरिय प्रहरी कार्यालय रानीपाेखरीले जनाएकाे छ। 

प्रकाशित: १ जेष्ठ २०७६ ११:२४ बुधबार

घुस आर्थिक_प्रलोभन प्रहरी