समाज

राजनारायण पाठक विशेष अदालतमा हाजिर

काठमाडौं- घुस प्रकरणमा परेका अख्तियार दूरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन्।

उनलाई एक इन्जिनियरिङ कलेजको विवादमा ७८ लाख घुस लिएको आरोप छ। पाठको घुस प्रकरणमा विभिन्न भिडियो समेत सार्वजनिक भएका थिए। उनी थुनछेकको बहसका लागि अदालतमा हाँजिर भएका हुन्। उनको मुद्दामा अहिले अदालतमा बयान चलिरहेको छ।

थुनछेकको बहसपछि पुर्पक्षमा राख्ने वा धरौटी माग्ने निर्णय हुने छ। पाठकविरुद्ध चैत १२ मा विशेष अदालतमा मुद्दा दायर भएको थियो।

प्रकाशित: १ जेष्ठ २०७६ ०७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App