समाज

चट्याङ लागेर महिलाको मृत्यु

मोरङ– हावाहुरीसँगै परेको चट्याङ लागेर मोरङको रतुवामाई नगरपालिका–४ मा आज एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर ५० वर्षीया सञ्जुदेवी गनगाई सिंहको मृत्यु भएको हो।

चट्याङका कारण सिंहका परिवारका सदस्य ५० वर्षीय बुधलाल सिंह र १५ वर्षीय सुरेश सिंह घाइते भएका छन्। घाइते दुवैको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर लगिएको छ। रासस

प्रकाशित: ३१ वैशाख २०७६ १३:३३ मंगलबार

चट्याङ मृत्यु