समाज

अर्थमन्त्रीले भने– ‘अधुरा योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याइनेछ’(भिडियो)

काठमाडौं – आगामी आर्थिक वर्ष २०७६/०७७मा सरकारले विशेष योजनाका साथ बजेट ल्याउने भएको छ। आर्थिक वर्ष २०७६/०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा विशेष योजनासहित अधुरा योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागिएको बताए।

‘अधुरा योजनाहरु छिटो सकिने गरी बजेटले प्राथमिकता पाउने छ,’ उनले भने, ‘यसको अर्थ दीर्घकालीन योजनलाई प्राथमिकता नदिइने भन्ने होइन। दीर्घकालीन योजनलाई समेत सँगै लिएर जान्छौं।’

आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा रहेको सरकारले छोटो समयमै सम्पन्न गर्न सकिने योजनालाई बजेटमा विशेष प्राथमिकता दिएको छ।

प्रकाशित: ३१ वैशाख २०७६ ०८:२४ मंगलबार

सरकार योजना बजेट डा._युवराज_खतिवडा