समाज

धुवाँरहित बगासोती गाउँ

दाङ– राप्ती गाउँपालिका–१ बगासोती गाउँ धुवाँमुक्त भएको छ। उक्त गाउँका सबै घरमा सुधारिएको चुलो निर्माण गरिएपछि गाउँलाई धुवाँमुक्त घोषणा गरिएको हो।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बगासोती गाउँका सबै घरमा सुधारिएको चुलो निर्माण गरिएको जानकारी दिए। जनताको स्वास्थ्यलाई ध्यानमा राखेर अभियान सञ्चालन गरिएको उनले बताए। उक्त गाउँमा सबै घरमा खाना पकाउनका लागि दाउराको प्रयोग गर्ने गरेकाले सो अभियान थालिएको हो।

राप्ती गाउँपालिका, विकास कोष नर्वे र नामसालिङ विकास केन्द्रको संयुक्त पहलमा बगासोतीमा घरभित्रको धुवाँरहित गाउँ घोषणा गरिएको हो। धुवाँमुक्त गाउँ घोषणासँगै धुवाँका कराण लाग्ने विभिन्न रोगबाट बच्न सकिने अध्यक्ष सुवेदीले बताए। रासस

प्रकाशित: ३० वैशाख २०७६ १२:५८ सोमबार

बगासोती_गाउँ सुधारिएको_चुलो धुवाँमुक्त