समाज

आयोगद्वारा प्रतिवेदन सरकारलाई हस्तान्तरण

धनुषा– प्रदेश नं २ को सरकारले गठन गरेको प्रदेश प्रशासनिक संरचना सुझाव आयोगले आज आफ्नो प्रतिवेदन मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको छ। प्रदेश सरकारले गत वर्ष असार महिनामा गठन गरेको विद्याधर मल्लिक नेतृत्वको एकल सुझाव आयोगले आज अन्तिम प्रतिवेदन सरकारलाई हस्तान्तरण गरेको हो।

आयोगलाई तत्कालिक र दीर्घकालीन गरी दुई चरणमा प्रतिवेदन बुझाउन कार्यादेश दिइएको थियो। सोही अनुरुप आयोगले तत्कालिक प्रतिवेदन भदौको अन्तिम साता सरकारलाई बुझाएको थियो भने दीर्घकालीन प्रतिवेदन आज बुझाएको हो।

प्रतिवेदन हस्तान्तरण गर्दै विद्याधर मल्लिकले प्रदेशको प्रशासनिक संरचनालाई दुरुस्त बनाउन कम्तीमा पाँच हजार कर्मचारीको आवश्यकता रहेको बताए। कार्यक्रममा मुख्यमन्त्री राउतले प्रतिवेदनमा आएका सुझावहरुमाथि छलफलपछि कार्यान्वयनको चरणमा लैजाने बताए। रासस

प्रकाशित: ३० वैशाख २०७६ १२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App